धनगढी –देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् ।
गत ३१ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए। उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
अहिले ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक ९सई० पनि हुन् ।