धनगढी । आर्थिक अवस्था कमजोर भएका मुक्त कमैया, सुकुम्वासी, कमलहरुरी तथा दललित विपन्न परिवारका वालबालिकाका लागी धनगढीको मनेहरा शिविरमा संञ्चालित अनौपचारिक बालमजदुर विद्यालयमा आर्थिक सहयोग गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कैलाली तथा जापानको श्रमिक संगठनको आर्थिक सहयोगमा संञ्चालन हुदै आएको विद्यालयमा आज ४० जना विद्यार्थी लाई झोला वितरण गरिएको हो । धनगढीका विपन्न श्रमिक परिवारलाई शिक्षामा आत्मनिर्भर बनाउन निशुल्क शिक्षाको ब्यवस्था नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले गदै आएको अध्यक्ष सुरत बहादुर स्वार बताए ।
२०५२ साल देखि संञ्चालिचत अनौपचारिक बालमजदुर विद्यालयमा अहिले ४० जना विद्यार्थी अध्ययनरत छन् । शिक्षा मानिसको लागि अपरिहार्य मानिन्छ । जुन देशले शिक्षामा लगानी गरेका छन्, ती देशहरुले नै आर्थिक रुपले सम्मृद्धि हाँसिल गरेका छन् । तर हाम्रो जस्तो विकास उन्मुख देशमा अहिले पनि राज्यले प्रयाप्त शिक्षामा लगानी गर्न सकेको अवस्था छ्रैन् । त्यसैले विभिन्न दातृनिकायको सहयोगमा शिक्षा क्षेत्रमा सुधार ल्याउँने काम भईरहेको जापानको श्रमिक संगठन जिलाफका जिल्ला संयोजक लक्ष्मण शाहीले बताए ।
संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको छ । तर, कार्यान्वयन भएको छैन । विभिन्न बाहानमा विद्यार्थीसंग शूल्क असुल्ने काम भईरहेको हुदाँ आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिका शिक्षा बाट बञ्चित हुदाँ यस्ता अनौपचारिक शिक्षा केन्द्रले केहि सहयोग पुगेको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपमहासचिव देव दत्त बडुले जानकारी दिए । उनले यस्ता अनौपचारिक शिक्षा केन्द्रमा सरकारले पनि ध्यान दिनपर्ने र त्यसका लागी पहल भईरहेको बताए ।
देशको सन्तुलित विकास गर्र्न वर्तमान र भविष्यको लागि के—कस्ता दक्ष जनशक्ति चाहिन्छ भन्ने कुराको प्रभावकारी योजना वनाउनु पर्ने हुन्छ तर नेपालमा अहिले त्यो अवस्था छैन् । गरिब तथा आर्थिक रुपमा कमजोर बालवालिका लाई नेपालमा अहिले पनि कसैन कसैको सहयोग आवश्यक छ । धनगढी उमहानगरपालिका वडा नम्बर ७ मनेहरा शिविरमा संञ्चालित अनौपचारिक बालमजुर शिक्षामा पनि जापानको सहयोग रहेको शिक्षीका निशा र्चाधरीको भनाई छ । चौधरीले आर्थिक अवस्था कमजोर भएका परिवारका लागी विद्यालय महत्वपुर्ण सावित भएको बताईन् ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्यि समिति र जापानको श्रमिक संगठनको सहयोगमा भएको सहयोग कार्यक्रमा स्वागत मन्तब्य नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका उपाध्यक्ष मोती कुँवरले गरेका थिए भने कार्यक्रमा विशिष्ट अतिथिमा नेपाल ट्रेड युनियन कांग्रेसका सुदुरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह कैलालीका सचिव डवल बम लगायतको सहभागिता थियो ।