धनगढी – कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुरबाट छ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेट बरामद गरिएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत नियन्त्रणमा लिएको जनाएको छ ।