धनगढी: कक्षा ८ को परिक्षामा उत्कृष्ठ अकं ल्याउने धनगढीका ४ जना बिद्यार्थीहरुलाई उपमहानगरपालिकाले सम्मान गरेको छ । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशको अवशरमा दुई सामुदायिक र दुई संस्थागत बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो । २०८० सालको नगर स्तरिय आधारभुत तह परिक्षामा उत्कृष्ठ बनेका उनिहरुलाई सम्मान गरेको हो । संस्थागत तर्फ ३ दशमलव ९७ जिपिए ल्याउने धनगढी उपमहानगरपालिका ५ स्थित एक्सिस बिद्याश्रम माध्यमिक बिद्यालयकी छात्रा बबिता भुल, ३ दशमलव ९७ जिपिए ल्याउने धनगढी ८ स्थित थ्री स्टार बोर्डिङ स्कुलका छात्रा बिज्ञान कठायतलाई सम्मान गरिएको छ । सामुदायिक तर्फ ३ दशमलव ८७ जिपिए ल्याउने धनगढी ५ पन्चोदय माध्यमिक बिद्यालयका छात्रा समिक्षा कुमारी जैशी र ३ दशमलव ७६ जिपिए ल्याउने धनगढी ३ को त्रिभुवन माध्यमिक बिद्यालयका छात्र डेनिस बमलाई सम्मान गरिएको हो ।
१० औँ स्थापना दिवशका प्रमुख अतिथि उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाश मान सिहंले बिद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । उनिहरुलाई जनही नगद २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको छ ।