धनगढी: धनगढी उपमहानगरपालिकाले आफ्नो १० औँ स्थापना दिवशको अवशरमा राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुललाई सम्मान गरेको छ । स्थापना दिवशको अवशरमा राइजिङ स्टार स्कुललाई नगद ५ लाख, सम्मानपत्र र ट्रफी सहित सम्मान गरेको हो । धनगढी उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी अभियानमा नगरभरीमा उत्कृष्ट भुमिका निर्बाह गरेको भन्दै राइजिङ स्टारलाई सम्मान गरेको हो । राइजिङ स्टार स्कुल सरसफाई सगैं बिभिन्न सामाजिक र अतिरिक्त क्रियाकलापमा उपमहानगरपालिका सगं सहकार्य गर्दै आएको छ । १० औँ स्थापना दिवश समारोहका प्रमुख अतिथि उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाश मान सिहंले स्कुलका प्रिन्सिपल कलेन्द्र शाहीलाई सम्मानपत्र र ट्रफी प्रदान गरेका हुन् ।
सम्मानित भएपछि स्कुलका प्रिन्सिपल कलेन्द्र शाहीले उपमहानगरपालिकालाई धन्यवाद दिए । बिभिन्न सामाजिक काम सगैं धनगढी उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी अभियान सफल पार्न गरेको कामको मुल्याकंन गरेकोमा उनले उपमहानगरलाई धन्यवाद दिएका हुन् ।