धनगढी: पाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना गरेको सो कार्यक्रमको उपसभापति खड्काले उद्घाटन गर्नु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमको २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि मौसममा भएको खराबीका कारण २८ गतेको कार्यक्रम स्तगित गरि २९ गते एक दिन मात्र कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति , जिल्ला, क्षेत्र भातृ तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुको सभागिता रहेको छ । पार्टीको संगठनलाई चलायमान बनाउने उद्देश्यले सो प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।