धनगढी । ग्रामिण क्षेत्रमा खेलकुदका कार्यक्रम लाई प्रोत्साहन गर्न उदेश्यले कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा थारु समुदायको महान पर्व अटवारी तथा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा २५ औ पुरुष तथा महिला फुटबल प्रतियोगिता शुरु भएको छ । न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा भईरहेको पुरुष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गनु भएको छ । प्रतियोगितामा १३ वटा पुरुष र ८ वटा महिला टिमको सहभागिता रहेको क्यलका अध्यक्षले जानकारी दिएका छन् । प्रतियोगितामा पुरुष लाई १ लाख प्रथम पुरुस्कार र महिला लाई २५ हजार राखिएको छ ।
ग्रामीण क्षेत्रमा आयोजनाहुने खेलकुद प्रतियोगिताले खेलाडीको खेलकुद क्षेत्रमा मात्रै विकास नभई सगम्र स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक क्रियाकलापमा पनि सुधार हुने विश्वास राजनैतिक दलका नेतहरुको छ । खेलकुदको विकासमा ३ वटै सरकारले ब्यवस्थीत ढंङगले लगानी गरे राम्रो नतिजा निस्किने नेपाली काग्रेस कैलालीका सचिव नृप सुनारले बताए
सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिताको आयोजना गर्नक्रम बढ्संगै अवसर नपाएका खेलाडीहरु पनि अवसर पाएका छन् । स्थानीय सरकारले समग्र खेलकुदको विकास संगै स्वास्थ्य, शिक्षा, खानेपानी र अन्य भौतिक विकासमा पनि काम गरिरहेको कैलारी गाउँपालिका अध्यक्ष राजशमझ चौधरी दावी गरेका छन् ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेशले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताए । मन्त्री खड्काले खेलकुद प्रतियोगिताले खेलाडीको मात्रै नभई सम्रग राष्टको नाम राख्ने भएका कारण प्रदेश सरकारले सक्दो प्रयास गर्न बताए । उनले ३ वटै तहका सरकारले अब भौतिक पुर्वाधारमा लगानी गनु पर्न बताए ।
थारु समुदायको महान पर्व अटवारी तथा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा २५ औ पुरुष तथा महिला फुटबल प्रतियोगिता लाई धनगढीमा रहेको निर्सग अस्स्पतालले मुख्य प्रायोजन गरेको छ । अस्पतालका अध्यक्ष तिर्थ पन्तले निर्सग अस्पतालले स्वास्थ्य सेवा संगै हरेक सामाजिक क्षेत्रमा सक्दो सामाजिक उत्तरदायित्व निवार्ह गरिरहेको बताए ।