धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड) सहित ठूलो संख्यामा नेताहरु धनगढीमा छन् । पार्टीको प्रदेश परामर्श बैठकमा उनि सहभागी छन् । प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि भएका छन् । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी रहेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले बताए।
त्यस्तै नेपाली काङ्ग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढीमा छिन्। उनि गौरा पर्वमा सहभागी भएकि छिन् । केहीदिनअघि मात्र आरजु निवासमा शङ्कास्पद वस्तु फेला परेको थियो। सुरक्षा निकायले उक्त वस्तु बम हो की होइन भन्ने पुष्टि भने गरेको छैन। माओवादी अध्यक्ष प्रचण्डसहितका नेता र परराष्टमन्त्री राणा धनगढी आएपछि सुरक्षा सतर्कता बढाइएको छ।