धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनले सरकार भौतिक पुर्वाधारमा मात्रै केन्द्रित हुँदा यातायात क्षेत्र थला परेको बताएको छ । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री शुरेन्द्र पाललाई भेट्दै समस्याग्रस्त बनेको यातायात क्षेत्र सुधार्न आग्रह गरेका छन् । पालको निवासमै भेटेर अध्यक्ष राइले केन्द्र र प्रदेश स्तरबाट यातायात क्षेत्र सुधार्न आग्रह गरे । सरकारले भौतिक पुर्वाधारमा मात्रै ध्यान दिदा यातायात क्षेत्रमा निकै समस्या बढ्नुका साथै यसले महामारीको रुप लिन थालेको राइले बताएका थिए ।
मन्त्री ज्यु सरकारको ध्यान सधैँ भौतिक पुर्वाधारमा मात्रै केन्द्रित हुन थाल्यो, तर ३२ बर्ष पुरानो यातायात ब्यवस्था ऐनमा यातायात क्षेत्र चलेको छ त्यस तर्फ राज्य ध्यान दिदैन राइले भने “कच्ची, पक्की नयाँ सडक खुल्ने क्रम जारी छ तर बषौँ पुराना सडक चौडा बनाउन राज्य ध्यान दिदैन, १ सय सवारी साधन चल्ने सडकमा अहिले हजारौँ सवारी साधन चलिरहेका छन्, कसरी त्यो सडकले थेग्छ यता राज्य गम्भिर भएको छैन, अहिलेपनि २०४९ सालको यातायात ब्यवस्था ऐनले काम गरिरहेको छ, देशमा ५२ लाख सवारीसाधन पुगिसकेका छन्, हामीले त्यही ऐनमा टेकेर काम गर्नुपरेको छ, यो सन्शोधन गर्ने आँट समेत राज्यले गरेको छैन ।” केन्द्रमा यातायात ब्यवस्था बिभाग छ त्यसको काम लाइसेन्स छाप्ने हो तर ति लाइसेन्सपनि दुई बर्षपछि दिन्छ हेर्नुस हाम्रो देशको गति राइले भने “देश कहाँ पुगिसक्यो तर सवारी साधनको राजश्व बुझाउन अहिलेपनि हामीले दुई दिन लाइनमा बस्नुपर्ने बाध्यता छ, यसबाट बिचौलिया पोस्ने मात्रै काम भएको छ, क्यासलेस कारोबार गरे हामी घरबाटै राजश्व तिर्न सक्छौँ ।”
३२ बर्ष पुरानो यातायात ब्यवस्था ऐन सशोंधन गर्नुपर्नेमा अध्यक्ष राइको जोड छ । त्यो ऐन मजदुर बिरोधीपनि छ, यसको सशोंधन गर्नुपर्छ, त्यसमा यातायात ब्यवसायी र यातायात मजदुरको प्रत्यक्ष सहभागिता हुनुपर्छ उनले भने “यातायात क्षेत्रमा लगानीमैत्री र मजदुर देखी आम नागरिकमुखी कानुन बनाउनुपर्छ, अब यातायात क्षेत्र मात्रै हेर्ने राष्ट्रिय यातायात प्राधिकरण गठन हुनुपर्छ जबकी त्यसले यातायात क्षेत्रका सबै समस्या हल गरोस, सडक दुर्घटना महामारीका रुपमा बढीरहेको छ, सडक शुरक्षा र दुर्घटनापनिको उद्धार देखी राहत सम्म यही प्राधिकरणले काम गर्ने गरी गठन गरिनुपर्छ, सके छुट्टै यातायात मन्त्रालय हुनुपर्छ, अनी सडक शुरक्षा परिषद गठन गर्नुपर्छ, यसले जनचेतना र प्रशिक्षणको काम गरोस ।”
यातायात क्षेत्रका थुप्रै समस्या देखिएका कारण यही सरकारको पालामा ति समस्या समाधान हुने अध्यक्ष राइले बिश्वास ब्यक्त गरे । मन्त्री पालसगं सगंठनका सुदुरपश्चिम अध्यक्ष ललित चन्दले समेत गुनासो राखेका थिए । यातायात क्षेत्रका अन्य सबै समस्या बुदागत रुपमा दिने बताएका चन्दले धनगढी बिमानस्थलमा पार्किङका नाममा ठेकेदार कम्पनिदे देखाएको दादागिरि र चर्को शुल्क बारे समेत गम्भिर बन्न आग्रह गरेका थिए । ट्याक्सी तथा अटो चालकको ढाड सेक्ने किसिमको पार्किङ शुल्क तिर्न नसकिने बताउँदै उनले यसको समाधान नभए बिमानस्थल बाहिरै सवारी साधन रोक्ने बताए ।
सगंठनका अध्यक्ष लगायतका समस्यालाई सक्दो सम्बोधन गर्ने मन्त्री पालले आश्वासन दिए । यो यातायात क्षेत्रलाई हेर्ने नजर फरक रहेको मैलेपनि महसुस गरेको छु पालले भने “धेरै अनुभव भएको छैन, सिमित समयमा केही बुझ्ने मौका पाए, सके यो मन्त्रालयनै छुट्टै हुनुपर्छ भन्ने मेरोपनि मान्यता हो तरपनि तपाइहरुले भनेका समस्या छन्, अँझै बुदागत रुपमा दिनुहोला प्रदेशबाट अथवा केन्द्रबाट कहाँ कसरी समाधान गर्न सकिन्छ, यातायात मजदुर र ब्यवसायीहरु सगं सल्लाह गरेर समाधान निकाल्ने प्रयास गरौँला ।