धनगढी:बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ ९ओम्स० नेपालको अध्यक्षमा सुर्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको प्रथम महाधिवेशनबाट पराजुलीको अध्यक्षतामा २६ सदस्यीय केन्द्रिय समिति गठन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा बसन्तराज सिग्देल तथा उपाध्यक्षहरुमा क्रमशस् राजन कार्की, डम्मरबहादुर ठकुल्ला र शैलेस न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै गरि संस्थाको महासचिवमा नवराज भुर्तेल, उप महासचिवमा जनक ढकाल र बाबुराम पौडेल, सचिव पदमा क्रमशस् किशोरबाबु पुरी , पंकजकुमार मिश्र र सुवास कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुर्य पराजुली (ख) निर्वाचित भएका छन् । समितिको केन्द्रीय सदस्य १४ जना गरि २६ जनाको समिति निर्वाचित भएका छन् भने बाँकी ९ जनाको पछि मनोेनित गरिने छ ।
महाधिवेशनको उद्घघाटन सत्रको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट नेपाल ) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो । नेपाल भरि छरिएर रहेका बजार प्रतिनिधिहरुलाई संगठित गराउँदै उनीहरुको हकहितका लागि संस्थाले काम गर्दै आएको छ । ओम्स नेपाल मजदुरहरुको ट्रेड यूनियन संस्था जिफन्टसँग आबद्ध संस्था हो । महाधिवेशनमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारीका हक हित, उनीहरुलाई सामाजिक सुरक्षा सहित सम्मानजनक तलब , बीमा लगायतका विषयमा छलफल हुने र सरकारसंग श्रमिकमैत्री नीति निर्माणका लागि पहल गर्ने छ। देशभरका करिब ५ हजार जना सदस्य रहेको संस्थाको महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब सात सयको उपस्थिति रहेको थियो ।