धनगढी : नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन कञ्चनपुरको अध्यक्षमा हर्क बहादुर रावल सर्बसम्मत चयन भएका छन् । सगंठनको ११ औँ अधिवेशनबाट रावलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सगंठनको उपाध्यक्षमा माधवि अवस्थी, सचिवमा ओम बस्नेत, सह सचिवमा दिपक रावल तथा कोषाध्यक्षमा दिपक राज पन्त सर्बसम्मत चयन भएका हुन् । यस्तै सगंठनको सदस्यहरुमा आकाश उपाध्याय, उमेश कोली, प्रेम बहादुर चन्द, राम दमाई चयन भएका छन् । सगंठनको सल्लाहकारमा भोज बहादुर शाही रमेहेश्वर कठायत नियुक्त भएका छन् ।
भदौ ८ गते कञ्चनपुरमा आयोजित अधिवेशनको उद्घाटन नेपाल यातायात मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले गरेका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, संगठन केन्द्रीय उप-महासचिव खगेन्द्र वलि, केन्द्रीय सदस्य जयकला गिरि, शंकर दत्त जोशी सुदुरपस्चिम प्रदेश अध्यक्ष ललित चन्द, बागमती प्रदेश अध्यक्ष शंकर थापा ,सचिव शिव कुमार श्रेष्ठ लगायतका नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।