बैतडी – गौरा अवधिमा बैतडीको पाटन नगरपालिका – ३ क्षेत्रमा मदिराको कारोबार र सेवन बन्द गरिएको छ । वडाले गौर अवधिभर वडाको क्षेत्रभित्र मदिरा किनबेच र सेवन गर्न रोक लगाएको हो । गौरा पर्वको अवसरमा वडाका विभिन्न स्थानमा लाग्ने मेलालाई मध्यनजर गरेर वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष करुणाकर भट्टले बताए । कसैले मदिरा सेवन गरेमा, किनबेच गरेमा र मदिरा सेवन गरी होहल्ला गरेमा कानुन बमोजीम कारवाही हुने उनले बताए । यस्तै वडा क्षेत्रभित्र जुवातास खेल्ने र खेलाउनेलाई समेत कारवाही हुने वडा कार्यालयले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.