धनगढी: तिन दिनदेखीको अबिरल बर्षाका कारण कैलालीका करिब ५ हजार घर डुवानमा परेका छन् । जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकासं घर डुवानमा परेका छन् । डुवानका कारण घरभित्रको खाद्यान्न समेत बगाएपछि बिद्यालय तथा सार्वजनिक स्थानमा बसिरहेका उनिहरुलाई दिनचर्या चलाउनै मुस्किल परेको छ । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । नौ वडा रहेको जिल्लाको दक्षिण पूर्वी पालिकाको रुपमा रहेको भजनी नगरपालिकाको मात्रै ५ हजार घरधुरी डुबानमा परेको हो । नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेका छन् । बिहीबार विहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेका हुन् । यस्तै कैलारी गाउँपालिकाका ४ सय ९५ घर डुवानमा परेका छन् । प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात बिताएका छन् । डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ । गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएकोे कैलारी गाउँपालिका ५ का रामआश्र चौधरीले बताए ।
मगंलबार राती १२ बजे एक्कासी पानी घरभित्र पस्यो, बिगतका बर्ष डुवान परेको थिएन उनले भने “पानी घरभित्र पस्न थालेपछि शुरुमा सक्दोजती खाद्यान्न बाहिर ६याक्टरमा हाल्यौँ, माथिल्लो तलामा सार्न लाग्यौँ, केही सार्न सकेपनि सबै बाहिर निकाल्न सकेनौँ, पानी तिब्र गतीमा बढ्न थाल्यो र हामीहरुपनि घरबाट बाहिर निस्कियौँ, जसका कारण घरभित्रको खाद्यान्न गुम्यो ।” बाढी घरभित्र पसेपछि यहाँका नागरिकले अन्नपात देखी लत्ताकपडा समेत बाहिर निकाल्न पाएका छैनन् । बालबालिका तथा ज्येस्ठ नागरिकलाई ढुवानले झन समस्यामा पारेको छ । मगंलबार राती र बुधबार राती भएको बर्षाले बस्ती डुवानमा परेका हुन् । बिगतको तुलनामा यस बर्ष कैलारी गाउँपालिकाका थप बस्ती डुवानमा परेका छन् । बस्तीभन्दा माथी हुलाकी सडक बन्दा पानी जमा भएर डुवान बढेको हो । हुलाकी सडककै कारण बस्ती डुवानमा परेको भन्दै स्थानियले हुलाकी सडक तल होमपाइपको ब्यवस्थापन तथा पानी निकास हुने खालको सडक निर्माण गरिनुपर्ने माग राखेका छन् ।
कैलारी गाउँपालिका ३ का बलिराम चौधरीले हाल बनेको हुलाकी सडकका कारण कैलारी गाउँपालिकाका बस्ती डुब्न थालेको बताए । बिगतमा हाम्रो कैलारीका यि बस्ती डुवानमा पर्थेनन्, हाल बस्तीभन्दा धेरै उच्चो हुलाकी सडक बनाइदियो उनले भने “बस्तीमाथी बनेका हुलाकी सडकका कारण पानी निकास भएन र हाम्रा बस्ती डुवानमा परेका हुन्, हामीलाई चाउचाउ, चिउराको राहत भन्दापनि हुलाकी सडक पानी निकास हुने बनाइदिए हुन्छ, कि हायमपाइप हालेर पानी निकासको ब्यवस्थापन गर्नुपर्छ, हैन भने बस्ती सरहनै पानी बग्ने खालको सडक बनाइनुपर्छ, नत्र बर्षै प्रत्येक हाम्रा घर, खेत सबै डुवानमा पर्छन, हामीहरुले बिस्थापित हुनुपर्छ ।” कैलारी गाउँपालिका ३ खोनपुरमा सुर्मीनाला बस्तीमा पसेपछि धेरै परिवारको बिचल्ली छ । स्थानिय बृजा चौधरीको एउटा पुरै घर डुवेको छ । हिजो राती एक्कासी नदी घरभित्र पस्यो, भित्रको समान सार्दा सार्दै घर भित्र पानी पुरै भरियो चौधरीले भने “केही समान निकाल्न सके, धेरै समान घर सगैं डुवेको छ, गहुँ थियो, अन्य लत्ताकपडा, एउटा बाबुको साइकल थियो, एउटा मोटरसाइकलनै डुब्यो, दुई जना बुढाबुढी घरमा थियौँ, सबै निकाल्न सकेनौँ, र घर सगैं समानपनि डुवेको छ, यि समान निकाल्ने कुनै उपाय छैन, हामीलाई उद्धार र राहत उपलब्ध गराइदिए हुने थियो ।” सुर्मी नाला घरभित्र पसेपछि सोही ठाउँका महाटु डगौराको सडकमा बास भएको छ । हिजो राती एक्कासी नदी बढेपछि सुर्मी नाला घरभित्र पस्यो, हत्तपत्त उठेर केही गहुँ बाहिर रहेको ट्याक्टरमा हाल्यौँ, सबै समान सार्न सकेनौँ उनले भने “आधाजती गहुँ ट्याक्टरमा हाले अरु हाल्न सकेन, घर आधा भत्किसक्यो, अँझै भत्किने क्रम जारी छ, अहिले सडकमा आएर बसेका छौँ, खानापनि बहिनिको घरबाट मगाएर खाएको हो, अब के हुन्छ त्यस्तै परिस्थितीमा चल्नुपर्ला ।”
सबैभन्दा बढी भजनी नगरपालिका र कैलारी गाउँपालिकामा घर डुवान परेका छन् । भजनीमा करिब ५ हजार घर डुबानमा परेको नगरपालिकाले जनाएको छ । यस्तैे कैलारी गाउँपालिकामा ४ सय ९५ घर डुवानमा परेको गाउँपालिकाले जनाएको छ । डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ । स्थानिय तहले डुवान प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्न सहकार्य गर्नुका साथै राहत तथा उद्धारमा जनप्रतिनिधीहरुलाई खटाउनुका साथै शुरक्षाकर्मीहरु सगं सहकार्य गरिरहेको छ । हामीले उपचार गर्नुपर्ने एक जनालाई धनगढी उपचारका लागी पठाइसकेका छौँ र अन्य केहीको उद्धार गरी शुरक्षित स्थानमा सारेका छौँ कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले भने “हाम्रा नागरिकको उद्धारका लागी एउटा गाडी शुरक्षाकर्मी सगैं खटाएका छौँ, र शुरक्षित स्थानमा सारेका छौँ, उहाँहरुको ब्यवस्थापन र खाद्यान्नका लागी सम्बन्धीत वडाले ब्यवस्थापन गरिरहेका छन्, समस्या परेकाहरुलाई तत्काल सहयोग पालिकाले गरिरहेको छ ।” तर सबैभन्दा ठुलो समस्या गरेको हुलाकी सडक ब्यवस्थापन गरिनुपर्ने छ, हाम्रा हजारौँ नागरिकले यही सडकका कारण दुख पाइरहेका छन् उनले भने “मैले धेरै पटक यो समस्या जिल्ला शुरक्षा समिति र प्रदेश सरकारलाई सुनाइसकेको छु, यसको समाधानका लागी म सबैलाई आग्रह गर्दछु, अहिलेनै समस्या समाधान गर्न नसके, भविश्यमा कैलारी गाउँपालिकाका हजारौँ परिवार बिस्थापित हुने छन् ।”
बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ । बर्षा अँझै बढे जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका तथा धनगढी उपमहानगरपालिका लगायत स्थानिय तह डुवानको जोखिममा छन् ।