धनगढी: सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका सांसदहरूले प्रदेश सभा बैठकमै नाराबाजी गरेका छन् । सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित हुँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रोस्टम अगाडी आएर नाराबाजी गरेका हुन् । सत्ता सम्हालेको नेपाली काग्रेंसकै सचेतक गिता चौधरीले उभिएरै बिरोध गर्दा बिपक्षी दल माओवादीमा पनि दुई मत देखिए । माओवादीका दुई जना सदस्यले हुन्न भन्दा दलका उप नेता अक्कल रावल भने मौन बसे । मंगलबार सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित हुने क्रममा सत्तापक्षकै नाराबाजी चल्यो । सत्ता पक्षमै रहेको नागरिक उन्मुक्ती पार्टीले सो बिधेयकमा बिमती जनाउँदै प्रदेशसभामा नाराबाजी समेत गरेको छ । नागरिक उन्मुक्ती पार्टी सगैं नेपाली काग्रेंसका सचेतकले समेत बिधेयकको बिरोध जनाए ।
नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीसहित रामेश्वर चौधरी, कैलाश चौधरी, टिका थापा र इन्दिरा गिरी सो बिधेयकको बिरोध गर्दै नाराबाजी सहित रोस्टम घेर्न पुगेका थिए । तर काग्रेंसकी प्रमुख सचेतक गिता चौधरीले भने उभिएरै बिरोध जनाइन् ।
सुदुरपश्चिम प्रदेशको निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको बिधेयकमा थारु तथा राना थारु समुदायले बिभिन्न आफ्ना माग सम्बोधन गर्न माग गरेको थियो । विधेयकको खाकामा आफूहरूको जनसङ्ख्याको आधारमा पाउनुपर्ने समावेशी प्रतिशत उल्लेख नगरिएको थारु समुदायको गुनासो छ । उनीहरूले महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु÷रानाथारु महिलालाई समावेश नगरेको भन्दै असन्तुष्टि पोखेका थिए । ति समुदायको मा सम्बोधन गरिनुपर्ने भन्दै नागरिक उन्मुक्ती र काग्रेंसकी सचेतकले बिरोध जनाएका थिए ।
‘समावेशिताको विषय उल्लेख गरिएको छैन । यो कुरा गलत भएको छ । यसलाई संशोधन गर्नु पर्छ ।’ उनले भनेका थिए । विपन्न खस आर्यलाई कोटा बढाएको भन्दै उनले विपन्न खस आर्य मात्रै नभएको , गरिब कमैया कमलरी पनि रहेको बताएका थिए । उनले रातो परिचय पत्र समेत नपाएको समुदायलाई सरकारले विभेद गरेको बताए । चौधरीले सरकारले कुनै छलफल नगरेरै विधेयक ल्याएको भन्दै आफूहरूले विरोध गरेको जनाएका थिए । यसका साथै माओवादी केन्द्रलेपनि राना थारु समुदायका माग सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । माओवादीका दुई सांसद शिवसिंह ओली र लक्ष्मी विकले हुन्न भन्दै विरोध गर्दा माओवादीका अर्का सांसद अक्कल रावल भने मौन रहेका थिए । सत्ताको नेतृत्वकर्ता नेपाली काग्रेंसका अन्य प्रदेशसभा सदस्य र एमालेका सदस्यहरुले सो बिधेयकमा समर्थन जनाएका छन् । कर्मचारीहरुको पदपुर्ती तथा स्तरबृद्धीमा देखिएको जटिलता यो बिधेयकले समाधान गर्ने अपेक्षा लिइएको छ । एमालेका प्रमुख सचेतक चक्र मल्ल र काग्रेंसकी प्रदेशसभा सदस्य तुलसी देवकोटाले दलको तर्फबाट बिधेयकमा समर्थन जनाएका थिए ।
सुदूरपश्चिम प्रदेशमा माओवादीका सभामुखसहित ११ सांसद भएपनि ससंदमा चार जना मात्रै उपस्थित थिए । अन्तिमसम्म तीन जना मात्रै रहे । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्न प्रस्ताव पेश गर्दा पनि उनीहरु सबै उभिएरै विरोध जनाएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री शिरा शार्कीको प्रस्ताव पछि सभामुख भण्डारीले विधेयक पारित गर्न निणयार्थ प्रस्तुत गर्दा नागरिक उन्मुक्तिका सांसद रोस्टममै पुगेर नारा लगाउन थालेका थिए । तर कांग्रेस सचेतक गीता चौधरी र नाउपा कै सांसद टिका थापा भने नारा लगाउन पुगेनन् । नाउपाका सांसदहरूको नाराबाजीका बिच सभामुख भण्डारीले ऐन पारित भएको घोषणा गर्दै संसद् अर्को सूचना जारी नभएको सम्मको लागि स्थगित भएको सुनाएका थिए ।