धनगढी : शुक्रबार धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालयले लम्कीचुहा नगरपालिका–८ बस्ने ३५ वर्षीया महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको जनाएको छ । महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । मनसुरीका परिवारका सदस्यलाई बोलाइएको छ । उनलाई पनि परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।
विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका मनसुरी भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहितधनगढी विमानस्थलबाट पक्राउ परेका थिए । महिलाका घरमा दुई जना छोरा समेत छन् ।