कञ्चनपुर – कञ्चनपुरमा चरेस सहित २ जना पक्राउ परेका छन । शनिबार भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट ५ किलो चरेससहित वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार पक्राउ परेका हुन । लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट २ थान मोबाइल समेत बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।