धनगढी: सुदुरपश्चिम प्रदेशसभामा सबै दलका सदस्यहरुले सम्बृद्धी ल्याउन सबै एक हुनुपर्नेमा जोड दिएका छन् । बुधबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत पाउँ भन्ने प्रस्ताव माथीको छलफलमा सहभागी सदस्यहरुले सम्बृद्ध सुदुरपश्चिम बनाउन एक हुनुपर्नेमा जोड दिएका हुन् । सबैभन्दा पहिला प्रदेशसभामा बोल्दै नेपाली काग्रेंस ससंदिय दलका प्रमुख सचेतक नेता ठुलो बिचारले मात्रै हुने तर्क गरे । बिगतमा योजना किनबेचको निकै चर्चा सुनियो तर कमल बहादुर शाहको सरकारले त्यो काम केही हदसम्म रोक्न सफल भयो धामीले भने “हामी जनताका लागी काम गर्न आएका हौँ, सघिंयताको मर्म अनुसार काम गरेर सुदुरपश्चिमलाई सम्बृद्धीको दिशा तर्फ लैजानु छ, त्ष्स कारण हामी सबै एक हौँ, हाम्रा कोही दुश्मन छैनन्, हामी सत्ता पक्ष होस की प्रतिपक्ष सुध्रिन जरुरी छ, कर्मचारीको एउटा ठुलो जालो छ, कर्मचारी काग्रेंसका हुने योजना माओवादी र एमालेलाई पर्ने, कर्मचारी एमालेको हुने योजना बिचौलियाकहाँ जाने प्रबृती छ यो तोड्नुपर्छ, कर्मचारी, राजनितिज्ञ सही हुनुपर्छ अनस् मात्रै हामी सम्बृद्धीको लक्षमा पुग्छौँ ।”
प्रदेशसभामा बोल्दै माओवादी ससंदिय दलका नेता मान बहादुर धामीले बिगतको सरकारले एउटै क्षेत्रमा योजना केन्द्रित गरेको आरोप लगाए । तपाई कमल बहादुर शाह नेतृत्वको सरकारले देखिने एउटै काम गरेको छ त्यो हो धनगढीमा मात्रै २० भन्दा बढी सडकका योजना धामीले भने “दार्चुला, बाजुरा, बझाङका हिमाली बस्तीमा हिन्ने बाटो छैन त्यहाँ योजना पर्दैन, धनगढीमा सडकै सडक, यही हो बिकेन्द्रिकृत बिकास, अनी सघिंयता, बिगतका जती चर्चा गरेपनि अस्थिर भयो भन्नुहुन्छ, अब दुई ठुला दल सहित करिब दुई तिहाई पुग्नुभएको छ, अब सम्बृद्धी आउँछ होला, सन २०३० सम्म दिगो बिकासको लक्षमा पुग्नका लागी हिमाली जिल्लाको भोकमरी, बेरोजगारीलाई प्रार्थमिकता राखे त्यो लक्षमा पुग्नुहुन्छ, अबको बजेटले ति ग्रामिण बस्तीपनि छुने छ र पक्कै दिगो बिकासको लक्षमा सुदुरपश्चिमपनि पुग्नेछ भन्ने बिश्वास लिएको छु ।”
नेकपा एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले सरकार हचुवाका भरमा नचल्ने बताए । बजेट खर्चको स्थिती नाजुक पारेर प्रदेशलाई हरिकगांल बनाउन खोजिएको रावलले आरोप लगाए । बिना योजना बिनियोजन गरिएको बजेट काम नलाग्ने भन्दै ठुला र देखिने खालका योजना बनाउनुपर्नेमा रावलले जोड दिए । बिगतमा हामी सरकारमा थिायौँ त सरकार त तपाइहरुलेनै चलाउनुभएको हो “अनी खै सरकार देखिएको, अनी हामीले खोज्नुपरेन त टर्च बालेर, अब यो सरकारले स्थायित्व, लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागी यो समिकरण बनेको छ, यसले जनतालाई छुने योजना ल्याउने छ, सुदुरपश्चिमका सम्भावनालाई उजागर गर्ने छ, यहाँको औधोगिक बिकास गर्ने छ र सुदुरपश्चिमको स्थिती सुधार हुँदै जाने छ, युवाहरु स्वरोजगार बन्ने छन्, हामी कुनै भात भान्साका लागी आएका छैनौँ, काम गर्न आएका छौँ, हामीलाई मन्त्री, मुख्यमन्त्री ढुकेर बस्नु छैन, यसका लागी सबै एक भएर देशको सम्बृद्धीको यात्रालाई गन्तब्यमा पुगाउन जरुरी छ ।”
सुदुरपश्चिमको गुरु योजना खै नागरिक उन्मुक्ती पार्टी ससंदिय दलका नेता घनश्याम चौधरीले भने “कैलालीका मोहना, लगायतका नदीको कटानले बस्ती जोखिममा छन्, खै तिनको रोकथामको दीर्घकालिन योजना, त्यहाँ बर्षै प्रत्येक १० लाख १५ लाख बगाएर सम्बृद्ध सुदुरपश्चिम बन्छ त, अब गुरु योजनाका साथ सरकारले बजेट बिनियोजन गर्ने छ, यो सबै सुदुरपश्चिम बासीको सरकार हो, कुनै एक क्षेत्रको होइन, त्यस कारण गरिब जनताको मुहारमा खुशी ल्याउने काम गरिनुपर्छ, मुख्यमन्त्री जीका निर्णय कार्यान्वयन होउन, कागजमा लेखेर मात्रै हुँदैन, अनी बिकास र सम्बृद्धी हुन्छ ।”
सिमामा अनी त्रिभुवन बिमानस्थलमा युवाको लाइन छ, हामी के गर्दैछौँ, खै कृषीमा आत्मनिर्भर बनाउने हाम्रो नारा कार्यान्वयन भएको उनले भने “अहिले भारतको आलु खानुपरेको छ, के आलुमा आत्मनिर्भर हुन सक्ने हाम्रो क्षमता छैन, अनी हामी के का लागी राजनिति गर्दैछौँ, केही त देखाउँ, बास्तविक ठाउँमा सडक, पुल, नाला बनाऔँ, धार्मिक, पर्यटनका कुरा मात्रै नगरौँ काम देखाऔँ, हाम्रा पुख्र्यौली संस्कृती संरक्षण गर्नेकी नगर्ने, जडिबुटीको उत्पादन प्रसोधन कहिले गर्ने, सबेभन्दा पछाडी हामी छौँ, हाम्रो आम्दानी कहिले बढाउने, यही बजेटबाट सुदुरपश्चिमलाई सबल बनाऔँ ।”
सुदुरपश्चिमको बजेटले आर्थिक सुशासन र उन्नती हुने छ भनेपनि बिचौलियाकै हातमा बजेट पर्ने गरेको नेकपा एकिकृत समाजवादीका उप नेता प्रकाश रावलले बताए । यो प्रदेस सरकारको नेतृत्वमा रहेका नेताहरुले आफ्नो आत्माबाट यो प्रदेशको आर्थिक सम्बृद्धीमा लाग्नेछु भनेर लाग्नुपर्छ, उनले भने “जनता बिकास हेर्न आतुर छन्, हाम्रा बोलेका कुरा पुरा गर्न तर्फ लाग्नुपर्छ, अवश्य यो प्रदेशको सम्बृद्धी हुन्छ ।”
सम्बृद्धी ल्याउने भाषणले मात्रै पुरा नहुने स्वतन्त्र सांसद डा.तारा जोशीको भनाई छ । मुख्यमन्त्री कमल शाहको गृह जिल्ला कैलालीमा मात्रै २ सय उधोग बन्द भएका छन्, ति उधोग किन बन्द भए सोच्नु पर्दैन, जोशीले भने “हाम्रो सघिंयताको रिमोर्ट काठमाण्डौँमा छ, हाम्रो प्रदेश सरकार त एउटा उपभोक्ता समिति जस्तोपनि छैन, यो यहाँ मात्रै होइन सबै ठाउँ, उपभोक्ता समितिलाई अधिकार त हुन्छ, तर प्रदेशका मुख्यमन्त्रीलाई त्यो अधिकारपनि छैन, हाम्रो सघिंयता कसैलाई मन लाग्यो की मुख्यमन्त्री हटाइदिने, बनाइदिने भयो अनी अस्थिर बन्यो ।” यसरी बोलेका भाषण पुरा गर्न सके मात्रै सम्बृद्धी तर्फ जान सकिने जोशीको भनाई छ ।