काठ्माण्डौँ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने बिषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएका छन् । चामल तथा चिनि लगायतका खाद्य सामग्री नेपाल–भारत सिमानाका मै पाइने मुल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गरे । उक्त बिषयमा समकक्षी गोयलले आफ्ना कर्मचारीहरुलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका छन् । यसैगरी निकासी शुल्क हेरफेर गर्ने बिषयमा पनि मन्त्री भण्डारीले समकक्षी गोयललाई आग्रह गरेका छन् । यसमा सकारात्मक रहेको गोयलको भनाई छ ।
मन्त्री भण्डारीसंग भारतका पेट्रोलियम मन्त्री हरिजित सिंह पुरीले पनि शिष्टाचार भेट गरेका छन् । बिमिस्टेक सम्मेलनका लागि भारत भ्रमणमा रहेका नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री भण्डारीले नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरे । बिमिस्टेक सम्मेलनले सम्बोधन गर्दै उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरे ।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनमा उनले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गरेका हुन् ।