धनगढी :सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेश गर्ने तयारी गरेका हुन् । कांग्रेसका एक शिर्ष नेताले दिएको जानकारी अनुसार सुदुरपस्चिम प्रदेशको पाचौँ मुख्यमन्त्री कमल बहादुर शाह बन्ने सम्भावना बढेको हो । समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । स्रोतकाअनुसार पार्टी सभापति देउवाले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भतिजा प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहो¥याउन निर्देशन दिएका हुन् ।
शाहलाई मुख्यमन्त्री बनाउने निर्णय आइतबार बिहान ११ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ ।