धनगढी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका–६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक ९डिएसपी० भिमलाल भट्टराईले जानकारी दिए।
सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै ज्यान गएको भट्टराईले बताए। त्यस्तै डोटीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन्।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउद पक्राउ परेका हुन्। दुबै जनालाई भरुवा बन्दुकसहित गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरि कोइरालाले जानकारी दिए।
पूर्वीचौकी गाउँपालिका–६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर शुक्रवार ज्यान गएको थियो। उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको कोइरालाले बताए।