धनगढी । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको जनाएको छ ।
पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको छ ।