धनगढी: धनगढीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १४ मा मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका दुई जना मध्ये एकजनाको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो । से २ प ४७२९ नम्बरको मोटरसाइकल र से २ प २६५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका १४ डि गाउँका अस्वीन पौडेल र कुल प्रसाद पङ्गाली घाइते भएका थिए । घाइते भएका कुल प्रसाद पङ्गालीको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।
यस्तै अर्का मोटरसाइकल चालक अस्वीन पौडेलको निसर्ग अस्पतालकै आइसियु कक्षमा उपचार भइरहेको छ ।
धनगढीमा मोटरसाइकल ठोक्किदा कुल प्रसादको मृत्यु, अस्वीन आइसियुमा
धनगढीमा मोटरसाइकल ठोक्किदा कुल प्रसादको मृत्यु, अस्वीन आइसियुमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु