धनगढी :धनगढीकी ममता बस्नेत भट्टराईले आफ्नो जन्मदिन धनगढीकै दृष्ठी फाउण्डेशनमा मनाएकि छिन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ घर भएकि ममताले आफ्नो जन्मदिन दृष्ठी फाउण्डेशनमा रहेका बेसाहाराहरु सगैं बनाएकि हुन् । पेषाले शिक्षिका रहेकी ममताले जन्मदिनको अवशरमा दृष्ठी फाउण्डेशनमा आश्रित ६५ जनालाई खाना खुवाएकि हुन् । माओवादी केन्द्रका नेता तथा धनगढी उपमहानगर कमिटि सचिव रमेश प्रसाद भट्टराइकी जिवन सगिंनि समेत रहेकी ममताले सामाजिक सेवा स्वरुप जन्मदिनको अवशरमा दृष्ठी फाउण्डेशनमा आश्रित महिला तथा बालबालिकालाई खाना खुवाएकि हुन् ।
ममताले बिभिन्न सहयोगबाट सडक मानवलाई आश्रय दिएर सेवा दिइरहेको दृष्ठी फाउण्डेशनमा जन्मदिन मनाउन पाउदा निकै खुशी महशुस भएको बताइन् । राज्यले गर्नुपर्ने काम दृष्ठी फाउण्डेशनले गरिरहेको बताउँदै उनले एक छाक खाना खुवाएर भएपनि सहयोग गरेको जानकारी दिइन् । दृष्ठी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जन्मदिन मनाउन पुगेकी ममता सहित परिवारलाई धन्यवाद दिइन् । फाउण्डेशन स्थापनादेखी यस्तै सहयोगबाट आश्रितहरुको जिवन निर्बाह गरिरहेको बताउँदै भट्टले जन्मदिन, बैवाहिक उत्सव तथा पुण्य तिथि लगायतमा सहयोग गर्नेहरुकै कारण फउण्डेशनले निरन्तरता पाएको जानकारी दिइन् ।
हाल ५० महिला र १५ जना बालबालिका सहित ६५ जनालाई आश्रय दिइरहेको फाउण्डेशनले एक हजार बढीलाई घर परिवारसगं मिलन गराइसकेको छ । २५ जनाको आफै अन्तिम संस्कार समेत गरिसकेको फाउण्डेशनले १२ जना बालबालिकाहरुलाई स्कुल पढाइरहेको छ । मुठि दानबाटै बेसाहाराको सेवामा तल्लिन फाउण्डेशन हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँ स्थित आफ्नै भवनमा सञ्चालित छ । प्रतिनिधीसभा सदस्य डिल्लीराज पन्तको ससंद बिकास कोषको रकमबाट भवनको जग शुरु गरेको फाउण्डेशनले हाल प्रदेश सरकार र बिभिन्न दाताको सहयोगमा दुई वटा भवन निर्माण गरेको छ । फाउण्डेशनमा बिजुलिको लो भोल्टेजका कारण पखां नचल्दा गर्मिले सताएको आश्रितहरुले बताएका छन् । राती भोल्टेज निकै कम हुँदा पखां नचलेर छतमा गएर सुत्नुपर्ने बाध्यता उनिहरुको छ ।