धनगढी । शुक्रबार देखि तनाबग्रस्त बनेको धनगढीको नोभा अस्पतालमा विवाद कायमै रहेको छ । शुक्रबार कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको अस्पतालमा मृत्यु भएपछि सूरु भएको विवाद अझै कामयमै रहेको हो ।
साउन ७ गते सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्ने प्रयास गरेका छन ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्ट अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।
प्रहरी र प्रदर्शनकारी बिच झडप हुदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा उपचार भैरहेको छ । सपी बिष्टले अहिले अस्पतालले मृतक पक्षसँग वार्ता गरिरहेको बताए ।
मृतकका आफन्तले विरामीको अवस्था जटिल बन्दा समेत अन्यत्र रेफर नगरेको बताएका छन । शुक्रबार अन्तिम समयमा आएर मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको मृतकका मामा रामकृष्ण चौधरीले बताएका छन ।
शुक्रबार दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । तर अस्पतालका सूचना अधिकारी पदमराज भट्टले नसिभको उपचारमा कुनै लापरबाही नभएको बताएका छन्। यस अस्पतालबाट आफन्तले उपचारका लागि नेपालगन्ज लैजान्छौं भनेका थिए, सोहीअनुसार लैजाने क्रममा मृत्यु भएको उनले बताए। नसिभलाई निकै जटिल अवस्थामा नोभामा भर्ना गरिएको उनको भनाई छ। हिजो साँझ हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टाप नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलमा तोडफोड गरेको दाबी समेत गरिएको छ।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन । आक्रोशित आफन्तले शुक्रबार पनि हस्पिटलको रिसेप्सनमा तोडफोड गरेका थिए । शुक्रबार पनि अस्पताल प्रशासन र आफन्त बिच बार्ता भएपनि बर्ता बिना निश्कर्ष टुङ्गीएको थियो ।