काठमाडौं। सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको बताए । उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए । त्यसैगरी १५ जनाको शव निकालिएको छ । सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो । जहाजमा लागेको ११:४० बजे नियन्त्रणमा आएको थियो ।