धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको ९ एन(एएमई जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा २ जनाको शव फेला परेको छ ।
अरू क्याबिन क्रू र यात्रुको अवस्था खुलिसकेको छैन । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
विमानले भुईँ छोडेर केही माथि पुगेलगतै तल खसेको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् ।