धनगढी । सम्झना खड्काको उत्कृष्ट प्रदर्शनमा एसीसी महिला एसिया कपमा नेपालले यूएईलाई पराजित गरेको छ । श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्का ७२ ले रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले भने २२ रन बनाइन् । नेपालका लागि इन्दु बर्माले ३ तथा कविता जोशी, सबनम राई र कृतिका मरासिनीले १–१ विकेट लिए।