कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी स्थित चौधर नदीमा आएको बाढीमा वेपत्ता भएका युवकको शव महाकाली नदीमा फेला परेको छ । असार २३ गते बेलडाडी गाउँपालिका – ३ वैवाह बस्ने २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा वेपत्ता भएका थिए ।
वेपत्ता चौधरीको स्थानीयहरुले खोजी गर्ने क्रममा ५ दिन पछि महाकाली नदीको किनारमा शव फेला परेको बेलडाडी –३ का अध्यक्ष दुर्गा चौधरीले बताए ।