धनगढी : कैलालीको धनगढी र गोदावरीबाट प्रहरीले अबैध भन्सार छलिका सामान बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, वडा नम्बर ४ को बसपार्क र गोदावरी नगरपालिका ३ मालाखेती चोकबाट प्रहरीले अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरेको हो ।
जसअन्तरगत १ लाख ६६ २ सय बराबरको चिनी, मोजा, बच्चाको फराक, कुर्ता सुरवाल, कुर्ती, चुरा लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।