कञ्चनपुर – कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीको शव फेला परेको छ । सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।