बाजुरा : बाजुराको साफे-मार्तडी सडक पुन सुचारु भएको छ । हिजो राती परेको अविरल वर्षाका कारण मार्तडी गडखेत नजिकको सडकमाथिबाट आएको पहिरोले बिहान पाँचदेखि छ बजेसम्म सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय अछामले बिहान आठ बजे त्यो पहिरोलाई पन्छ्याएपछि अहिले सो सडक पुन सुचारु भएको हो । सदरमुकाम मार्तडीको गडखेत नजिकको सडकमाथिबाट आएको पहिरो बिहान केही घण्टामा बाटो अवरुद्ध भएको थियो ।
अहिले त्यो सडकको पहिरोलाई एक्स्काभेटर मार्फत पन्छ्याएपछि सो सडक पुन सुचारु भएको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताए।