धनगढी : लगातारको बर्षा सगैं सेती नदीमा पानीको बहाव बढ्दै गएपछि बैतडीको ढुगांडबासी रातभर जाग्राम बस्न बाध्य छन् । २०७८ साल कार्तिकमा आएको बाढीले ३ घर बगाएको ढुगांडमा बर्षा शुरु भए सगैं नदीले बस्ती बगाउने जोखिम बढेको छ । नदीको बहाव बढ्दै जाँदा ढुगांड क्षेत्र तिर नदी कटान समेत बढेको स्थानिय कर्ण बहादुर चन्दले बताए । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ मा पर्ने ढुगांडका करिब ३ सय घर जोखिममा परेको चन्द बताउछन् ।
बर्षा शुरु भयो की हामी रातभर सुत्दैनौँ उनले भने “नदी गाउँ पसेपनि भाँगन सकिएलाकी भनेर साती नसुतेर जाग्राम बस्ने गरेका छौँ, अहिलेपनि नदीले कटान बढाएपछि गाउँ पस्ने जोखिम बढेको छ, न यो नदीमा स्थाई रुपमा तटबन्धननै हुन्छ, न हाम्रो स्थानान्तरण, बर्षातमा हाम्रा दिन पुरानै छन् ।” नदीको बहाव हाम्रै गाउँतिर बढ्दै छ, यो रोक्नका लागी आर सिसि सहितको तटबन्धन आवश्यक छ तर तटबन्धनका लागी आवश्यक बजेटनै आउँदैन उनले भने “२०७८ सालमा आएको बाढीका बेला बाढी पिडितको अवस्था बुझ्न तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, हालको सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री दीर्घ सोडारी ढुगांडमा पुग्नुभएको हो, स्थाई समस्या समाधानको आश्वासन दिएर जानुभयो त्यसपछि न त उहाँहरु फर्किनुभयो नत हाम्रा समस्यानै समाधान भए ।”
ढुगांडमा बर्षेनी सेती नदी गाउँ पसेपनि नेताहरुले स्थाई समस्या समाधानको प्रयास नगरेकै कारण बर्षेनी यहाँका बासिन्दाले दुख खेप्नु परेको स्थानिय बताउँछन् । सरकार परिवर्तन भइरहेपनि ढुगांडबासीका समस्या समाधान तर्फ कसैको ध्यान नजाँदा स्थानिय चिन्तित छन् ।
प्रहरीका अनुसार हालसम्म बस्तीमा पानी पुेको छैन । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दिपक गिरिले बस्ती जोखिममा रहेपनि गाउँमा पानी नपसेको बताए । हामीले जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन सुचना गरेका छौँ उनले भने “हालसम्म बाढी गाउँ पसेको छैन, त्यस्तो अवस्थामा हामीले सबै शुरक्षा निकायसगं समन्वय गरेका छौँ, उद्धारका लागी शुरक्षाकर्मी तैनाथ रहेका छन्, हामीले गर्नुपर्ने कामका लागी तयार छौँ ।”