धनगढी : धनगढीमा अटो मोवाइल मेकानिक्स सम्बन्धी तालिम दिइने भएको छ । दिगो तथा सम्मानित रोजगारीका लागी सिप परियोजनाको सहकार्यमा अटो मोवाइल्स एशोसिएशनले तालिम दिने जनाइएको छ । आज कार्यक्रम सम्बन्धी परिचयात्मक कार्यक्रमको अवशरमा २० जनालाई धनगढीमा तालिम दिइने सुदुरपश्चिम मोवाइल्स एशोसिएशनका अध्यक्ष पुस्कर ओझाले बताएका हुन् ।
अहिले अटो मोवाइल क्षेत्रमा कार्यरत मेकानिकहरु नयाँ प्रबिधि अनुसारको दक्ष बन्न नसकेका कारण बजारको माग अनुसारको मेकानिक उपलब्ध गराउन नसकिएको ओझाले बताए । सुदुरपश्चिममा अटो मेकानिकल इन्जिनियरिङ पढेर भन्दापनि सिक्दै काम गर्दै मेकानिकल क्षेत्र रोजेका मेकानिकहरु बढी छन् ओझाले भने “बिगतको अटो मोवाइल्स र अहिलेको अटो मोवाइल्सहरुमा धेरै भिन्नता भइसकेको छ, बिगतमा सिकेको सिपले अहिले काम गर्न सकिएको छैन, त्यस कारण हामीले नयाँ प्रबिधि अनुसारको सिप सिकाउन आगामी साउन पहिलो साताबाट २० जनालाई अटो मोवाइल्स तालिम दिने तयारी गरेका हौँ ।” २८ दिनसम्म चल्ने तालिममा ९३ घण्टा प्रशिक्षण दिइने ओझाले बताए । २ जना प्रशिक्षकबाट प्रशिक्षण दिइने बताउँदै उनले सुदुरपश्चिममा यो तालिमले बजार सुहाउँदो मेकानिक उत्पादन हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा सहभागी प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) सुदुरपश्चिम प्रदेश प्रमुख दयाराम आचार्यले अटो मेकानिकल सम्बन्धी अध्यायन गर्ने बिद्यार्थी समेत नहुँदा धनगढी पोलिटेक्निक इन्सच्युड बन्द हुने अवस्थामा पुगेको बताए । एउटा सुक्लाफाँटा र धनगढीमा अटो मेकानिकल सम्बन्धी पढाई भइरहेको थियो तर यसको अध्यायन गर्ने बिद्यार्थीनै नहुँदा बन्द हुने स्थितीमा पुगेका छन् उनले भने “अटो मेकानिकल क्षेत्रका बारेमा सबै जानकार नभएकै कारण यो क्षेत्र पछि परेको छ, त्यस कारण यो क्षेत्रलाई मर्यादित बनाउन अटो मोवाइल्स ब्यवसायिको महत्वपुर्ण योगदान रहने छ, हामीले गर्नुपर्ने सहकार्यका लागी तयार छौँ ।”