धनगढी । नेपाली राजनितीका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०५ औ जन्म जयन्तिको अबसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
धनगढीमा रगतको अभावका कारण बिरामीलाई रगत पाउनै सकस भैरहेको जानकारी पाएपछि नेपाली राजनितीका शिखर पुरुष कोइरालाको जन्मजयन्ती को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ का सभापति भिम पडालले बताए ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदिप पाठकले बताए । उनले २९ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका बताउदै यसले रगत चाहिने बिरामीका लागि थोरै भएपनी सहयोग पुग्ने बताए । त्यस्तै नेपाल तरुणदल क्षेत्र नम्बर १ ले पनि शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०५ औ जन्म जयन्तिको अबसरमा टीकापुरमा रक्तदान कार्यक्रमका सम्पन गरेको छ ।
सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
रक्तदान कार्यक्रममा सुदुरपश्चिम मै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता एबम पत्रकार दीपक उपाध्यायलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सर्वाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।