काठमाडौं । आईसीसी टी(२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ स् १५ मा बार्बाडोसमा सुरु हुनेछ ।
पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।
भारतले सन् २००७ को टी(२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी(२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १(१ अंक बाँडेको थियो । सुपर(८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।
उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।
दक्षिण अफ्रिका बलिङ आक्रामण उत्कृष्ट छ । तीव्र गतिका बलर एनरिच नोर्किया, कागिसो रबाडा र मार्को यानसन हुनेछन् । यस विश्वकपमा रबाडाले १२, नोर्कियाले १३, यानसनले ६, स्पिनर तबरेज शाम्सीले ११ र केशव महाराजले ९ विकेट लिएका छन् ।
पावर प्लेमा यानसन र रबाडाले उत्कृष्ट सुरुवात दिलाउँदै आएका छन् । त्यसलाई नोर्किया, शाम्सी र महाराजले निरन्तरता दिएका छन् ।
भारतका दुई तीव्र गतिका बलर जस्प्रित बुमराह र अर्शदीप सिंहको जोडीले त्यतिनै दमदार प्रदर्शन गरेका छन् । यस विश्वकपमा अर्शदीपले १५ र जस्प्रित बुमराहले १३ विकेट लिएका छन् । बुमराहको चार ओभरको स्पेलले खेलमा धेरै प्रभाव पार्नेछ ।
भारतका ओपनर रोहित शर्मा चलेको खण्डमा एक्लै खेल जिताउन सक्ने खुबी भएका ब्याटर हुन् । पछिल्ला दुई महत्वपूर्ण खेलमा अष्ट्रेलियासँग ९२ र इंग्ल्यान्डसँग ५७ रन बनाएका थिए । रोहितको बायाँ हाते बलरविरुद्ध विशेषगरी इनस्वींगमा राम्रो इतिहास छैन । यानसनको स्पेलमा बच्नुपर्ने हुन्छ ।
उता प्रमुख ब्याटर विराट कोहली लयमा छैनन् । भारत कोहलीबाट महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ । सूर्यकुमार यादव, ऋषभ पन्त र हार्दिक पान्ड्याको ब्याटिङ प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।
कुलदीप यादव, अक्षर पटेल र रवीन्द्र जडेजा भारतको स्पिन हतियार हुन् । दक्षिण अफ्रिका हेनरिक क्लासेन स्पिन खेल्न सक्ने प्रमुख ब्याटर हुन् । ओपनर क्विन्टन डिकक र तेस्रो नम्बरक ब्याटर एडेन माक्ररम दक्षिण अफ्रिका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके भारत सहजै च्याम्पियन बन्नसक्छ । राम्रो सुरुआत पाउँदा डेविड मिलर र ट्रिस्टन स्टब्सले विष्फोटक अन्त्य गर्न सक्छन् ।