धनगढी : धनगढीमा साथीको घर जान्छु भन्दै हिडेका युवक मृत अवस्थामा भेटिएका छन् । प्रहरीकाअनुसार अछामको चौरपाटी गाउँपालिकाको-२ घर भएका १७ वर्षीय विरमल साउँद बिहीबार धनगढीको जाली सामुदायिक वनभित्र मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले साउँद जंगलमा झुन्डिएको अवस्थामा भेटिएको बताए ।
उनकाअनुसार उनी बुधबार साँझ साथीको घर जान्छु भन्दै गएको थिए । उनी हसनपुरमा डेरा गरि बस्दै आएका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।