धनगढी : कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ। बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो ।
सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।