धनगढीः कैलालीको धनगढीस्थित एक होलसेल पसलमा आगलागी भएको छ। बिहिबार राती बिधुतको तार सर्ट भएर होलसेल पसलमा आगलागी भएको हो । धनगढी उपमहानगरपालिका–४ स्थित जिएस ट्रेडर्समा आगलागी हुँदा पसभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताएका छन्।
श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको छ। उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ।