धनगढी : कैलालीको गौरिगंगा नगरपालिकाले ऐन बिपरित कर्मचारी भर्ना गरेर करिब साढे ३ करोड बाँडेको छ । नगरपालिकाले ऐन बिपरित १२६ जना कर्मचारी भर्ना गरेर तीन करोड २६ लाख ९९ हजार पाँच सय १६ रुपैयाँ खर्च गरेको उल्लेख छ। महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसारस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ विपरीत कर्मचारी भर्ना गरेर तीन करोड २६ लाख ९९ हजार बढी भुक्तानी गरेको छ। उक्त ऐनले स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरेर संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था गरेको छ।
तर, नगरपालिकाले १२६ जना कर्मचारी भर्ना गरेर राज्यकोषको रकम दुरुपयोग गरेको पाइएको हो। महालेखाले ऐन बिपरित राज्यको भार बढाउने गरी यस्ता कार्य नगर्न भनेको छ ।