धनगढी : धनगढीमा कविता महोत्सव आयोजना हुन लागेको छ । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानको आयोजनामा कविता महोत्सव हुन लागेको हो । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानले कला, साहित्यको संरक्षण गर्ने उद्देश्य अनुरुप कबिता महोत्सव आयोजना गर्न लागेको सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप-कुलपति डा.टि एन जोशीले बताए । यही असार ८ गते धनगढीको रुबस होटलमा दिउसो १ बजेबाट कबिता प्रतियोगिता शुरु हुने जोशीले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २०,००० दोश्रो हुनेले १५,००० र तेश्रो हुने टिमले १०,००० पुरस्कार प्राप्त गर्ने जोशीले बताए ।