धनगढी : बैतडीमा ५१ बर्षिय बिरभानको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ६ सुकेलीका ५१ बर्षिय बिरभान सिहं बिष्टको शव फेला परेको हो । बिष्टको शव नग्न पारेर प्लास्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी छन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्।
एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्। हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी थिइन्। उनले आइतबारराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ।
हत्याको कारण भने अझै खुलेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ। स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन्। उनको हत्यामा सहयोग गर्ने अन्य २ जनालाई पक्राउ गर्न लागिएको छ । प्हरीका अनुसार बसमा महेन्द्रनगर तर्फ हिनेका उनिहरुलाई पक्राउ गर्न डडेल्धुरा प्हरीलाई निर्देशन दिइएको छ ।