धनगढी। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू(भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ ।
भोलि मंगलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।