धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशलाई आर्थिक, भौतिक, साँस्कृतिक हिसावले बलियो बनाउने गरी काम गरिरहेको बताएको छ । धनगढीमा नीति तथा योजना आयोगले गरेको प्रदेश विकास परिषदको बैठकलार्ई आज सम्वोधन गर्दै उहाँले प्रदेशको विकासका लागि व्यक्त भएका धारणालाई सम्पत्तिका रुपमा लिने बताए ।
मुख्यमन्त्रीले सुदूरपश्चिमका नौ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख र विभिन्न विषयका विज्ञहरुको राय सुझावलाई सम्पत्तिका रुपमा लिएर कार्यान्वयन गर्ने बताए । नीति आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री सोडारीले आगामी दिनमा परिषद बैठक नियमित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताए ।
एकातिर बजेटको अभाव छ, अर्कोतिर कर्मचारी छैनन्, कसरी काम गर्ने उनले आफ्नो मन्त्रालयको समस्या सुनाउँदै भने, “उत्पादन र स्वरोजगारमा देखिने गरी काम गर्न बजेट विनियोजन गर्न खोजेका छौं ।”