धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नियुक्ती प्रकृयामा अशन्तुस्टी जनाउँदै प्रदेशसभामै बिरोध जनाइरहेको नेपाली काग्रेंस नजिकिदै गएको छ । सर्बोच्चको फैसलापछि सो बिषयलाई प्रदेशसभामा नउठाएको काग्रेंसले नागरिक उन्मुक्तीको बिषयलाई लिएर अवरोध जनाइरह्यो । अवरोधकै बिचमुख्यमन्त्री सोडारीले बिश्वासको मत लिएका थिए । निरन्तर ससंदमा अवरोध जनाइरहेको काग्रेंस निति तथा कार्यक्रम प्रस्तुत भएपछि सदनमा सहभागी भइरहेको छ । प्रदेशका मुख्यमन्त्री सोडारी नियुक्ती प्रक्रियाका बिरुद्ध नागरिक उन्मुक्तीलाई सर्बोच्चसम्म जान सघाएको काग्रेंस पछिल्ला केही दिनयता मुख्यमन्त्री सगं नजिकिएको छ ।
आज मात्रै एक कार्यक्रममा निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले मुख्यमन्त्री दीर्घ सोडारीको प्रशसां गरे । सोडारी राजनितिमा निकै सघंर्ष गरेर मुख्यमन्त्री बनेको भन्दै शाहले उनको प्रशसां गरे । शाहले मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा बिविध कारणबस आउन नसकेको भन्दै कार्यक्रममै बधाई दिए । उनले मुख्यमन्त्री सोडारीको कार्यकाल सफल बनाउन प्रमुख प्रतिपक्षको दलको नेताको रुपमा सहयोग गर्ने पनि बताए । बजेट बेला यस्तो धारणा आयो नसोच्नुस, हामी सहयोग गर्ने छौ उनले भने ।
यता नेपाली काग्रेंस सुदुरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरले एमालेकै कारण प्रदेश सरकार बन्धक बनेको बताए । काग्रेंस गोदावरी नगर सम्मेलनमा बोल्दै उनलेप्रदेश सरकारलाई मन्त्रीमण्ड विहिन बनाउने नपाइने बताए । सरकारलाई समर्थन गर्ने तर सहभागि नहुने भनेको बन्धक बनाउने काम मात्र भएको उनको भनाई छ । उनले समर्थन फिर्ता लिन पनि सुझाएका छन् ।