धनगढी : नेपाली काग्रेंसका सुदुरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरले एमाले लाई लक्षित गर्दै सुदूरपश्चिम सरकार बन्धक बनाउन नपाइने बताएका छन् । शनिबार नेपाली काग्रेंस गोदावरी नगर सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बलायरले प्रदेश सरकारलाई मन्त्रीमण्ड विहिन बनाउने नपाइने बताए। सरकारलाई समर्थन गर्ने तर सहभागि नहुने भनेको बन्धक बनाउने काम मात्र भएको उनको भनाई छ। उनले समर्थन फिर्ता लिन पनि सुझाएका छन्।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायरले पार्टीले गरेको राम्रो कामको समेत कार्यकर्ता र नेताहरूले प्रचार गर्न नसकेको गुनासो गरेका छन्। यसअघिका मेयर हरिसिंह साउँद र वर्तमान मेयर बिरेन्द्र भट्टको काममा केही न केही फरक त छ होला भन्दै कांग्रेस भएर कांग्रेसले गरका कामको प्रचार गर्न उनको आग्रह छ। राम्रो काम गरेको छैन भने मलाई आएर भन्नुस् तर चोक चिया पसल मा भनेर कांग्रेस नभइने भन्दै आक्रोस समेत पोखेका छन्।