धनगढी : कैलालीका १० वटा स्थानिय तहमा एमालेले नयाँ नेतृत्व चुनेको छ । कैलारी गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका बाहेक अन्य स्थानिय तहको अधिवेशन सम्पन्न भइसकेको पार्टी जिल्ला कमिटिका उप सचिव चुडामणी भट्टले जानकारी दिए । धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी नगरपालिका र भजनीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ भने, अन्य पालिकाहरुमा सर्बसम्मत तरिकाबाट नेतृत्व चयन गरिएको भट्टले जानकारी दिए ।
हालसम्म सम्पन्न १० स्थानिय तहको अधिवेशनबाट दुई पालिकामा महिलाले नेतृत्व सम्हाल्ने अवशर पाएका छन् । हिजो राती मात्रै सम्पन्न धनगढी उपमहानगर कमिटिको मतगणता बाट अम्बिका बिष्ट अध्यक्षमा निर्वाचित भएकि हुन् । दुई पुरुष उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए । यस्तै आजै सम्पन्न भजनी नगर कमिटिको अधिवेशनबाट उर्मिला चौधरी निर्वाचित भएकी छिन् ।
यस्तै हालसम्म सम्पन्न भएका पालिकाहरु मध्ये गोदावरीमा शन्तोस सिहं निर्वाचित भएका छन् । गौरिगंगामा पदम बहादुर ऐर, घोडाघोडीमा हेमराज सापकोटा निर्वाचित भएका छन् । यस्तै बर्दगोरिया गाउँपालिकामा मधुकर सिजापति मगर, मोहन्यालमा बम बहादुर रावल, टिकापुर नगरपालिकामा लक्ष्मण थापा, जोशिपुर गाउँपालिकामा केशर बहादुर चौधरी अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । कैलारी गाउँपालिकामा अधिवेशन बाँकी छ भने, लम्कीमा निर्वाचन प्रक्रिया जारी छ यस्तै जानकी गाउँपालिकामा पनि प्रक्रिया जारी छ । स्थानिय तहको अध्यक्ष सरह मानयता पाएको मजदुर बिषेश इलाकाको नेतृत्वमा ललित चन्द छन्, भने बुद्धिजिवी बिषेश इलाकाको अधिवेशन बाँकी छ ।