धनगढी : आइतबार सुदुरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रती प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले बिरोध जनाउको छ । नागरिक उन्मुक्ती पार्टीको दल नेता स्पस्ट पानुपर्ने माग सहित सदनमा बिरोध जनाइरहेको काग्रेंसले निति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि असहमती जनाएको छ । निति तथा कार्यक्रम सल्लाह बिना आएको भन्दै काग्रेंसले सदनमा फेरी अवरोध गर्ने बताएको छ ।
आइतबार सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कृषी, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका बिषयलाई प्रार्थमिकता दिने गरी आउको कार्यक्रम प्रती नेपाली काग्रेंसले असहमती जनाएको छ । दलहरु बिच बिना छलफल निति तथा कार्यक्रम आएको भन्दै नेपाली काग्रेंस रुस्ट छ । निति तथा कार्यक्रममा असहमती जनाएको काग्रेंसले नागरिक उन्मुक्तीको मुद्धा उठाउँदै सदन चल्न नदिने चेतावनी दिएको छ ।
सहकारीको मुद्धा प्रदेशसभामा समेत उठाएको काग्रेंस छानबिन समिति बनेसंगै नागरिक उन्मुक्तीमा प्रदेशसभाबाट आधिकारिक नेता प्रस्ट पार्नुपर्ने अडान सहित बिरोधमा छ । आज प्रदेश प्रमुख ज्युको सम्मानमा हामीले बिरोध जनएनौ काग्रेंस ससंदिय दलका नेता समेत रहेका निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले भने “निति तथा कार्यक्रम प्रती हाम्रो पुर्ण असहमती छ हामी फेरी निरन्तर बिरोधमा उत्रिने छौँ, हाम्रा बिरोधका कार्यक्रम माग सम्बोधन नहुँदा सम्म रहिरहने छन् ।”
निति तथा कार्यक्रम माथी छलफल मगंलबार देखी शुरु हुदै छ । मगंलबार दिउसो ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।