धनगढी । नेकपा एमाले सुदुरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिँ रावलले सरकारमा जाने बाताबरण अझै नबनेको बताएका छन् । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै रावलले एमाले सरकारमा जान तयार छ तर त्यसको लागि बाताबरण नबनेको जिकिर गरे ।
ुहाम्रो भित्र बिबाद केही छैन, मन्त्री को नाम एक मिनेटमा दिन हामी तयार छौँ । तर सरकार मा जाने बाताबरण बनेन । सरकारमा जब जब जाने बाताबरण बन्छ त्यही बेला माधब नेपालले खुट्टा उचालेर अर्कै तिर उफ्रिने गर्छन् , अनि कसरी हुन्छ ।ु
उनले माधब नेपाल सच्चिएर आएको दिन आफुहरु सरकारमा जाने बताए । भर्खरै नेकपा एस का अध्यक्ष माधबकुमार नेपालले बिपक्षी गठबन्धनको बैठकमा गएको प्रती उनको असन्तुष्टि रहेको थियो ।
पुर्ब मुख्यमन्त्री समेत रहेका रावलले अहिले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम आफुहरु को सहमति मा नै आएको बताए ।
उनले भने ,ु नीति तथा कार्यक्रम ठिकै छ , हाम्रो सहमति नै छ तर बजेट कस्तो आउँछ त्यो हेर्न बाँकी छ । तर बजेट निर्माणमा बिचौलियाहरु को सकृयता बढेको जनगुनासो बढेको छ । नेता रावलले बजेट बिगत को जस्तो आउन नहुने आज को आबश्यकता अनुसार आउनुपर्ने बताए ।