धनगढी : कैलाली र कञ्चनपुरबाट २ लाख बढीका् अबैध समान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– १ पार्कमोड, टीकापुर नगरपालिका– ९ बालुवाटार र भजनी नगरपालिका– ३ कनैयापुरबाट भन्सार छलि गरि ल्याएका ५३ हजार दुई सय ५० मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लास्टिक झिल्ली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयापिपल भुराकोट र पौलाहाबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख पचास हजार ८ सय १५ मूल्य बराबरको बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लास्टिक झिल्ली, मोटरसाइकल थान–१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।