काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्धलाई दबाउन लाखौं डलर दिएको आरोप लागेका ट्रम्प दोषी ठहर भएका हुन् ।
अमेरिकाका ४५ औं राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति बनेका छन् । ट्रम्प आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार समेत हुन् । न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो ।
अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचनका बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको आन्तरिक सम्बन्ध लुकाउनकै लागि अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो ।
सो आरोप माथि न्युयोर्कको ट्रयाल ९जिल्ला० अदालतमा ट्रम्पको मुद्दा चलेको थियो । सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण राखेको सहितका अन्य ३४ मुद्दामा दोषी ठहर गरेको छ । झण्डै ६ हप्तासम्म चलेको बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।
फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताए । अदालतले दोषी ठहर गरेपनि आगामी निर्वाचनमा जनताले सही फैसला गरेर चुनाव जिताउने बताए ।
उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको आगामी राजनीतिक यात्रा भने सुखद नभएको विश्लेषण गरिएको छ ।
अमेरिकी कानुन अनुसार उनलाई आगामी चुनावमा कुनै अवरोध नहुने बताइएको छ । कानुन अनुसार उमेद्वार हुन अमेरिकामा जन्म भएको हुनुपर्ने, कम्तिमा १४ वर्षयता अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, ३५ वर्ष उमेर पुरा गरेको जो कोही पनि चुनाव लड्न पाउने नियम छ ।
यस अर्थले हेर्दा जेलमा बसेर पनि उम्मेद्वार हुनलाई कानुनले रोकेको छैन । पछिल्लो फैसलाले ट्रम्पमाथि नैतिक प्रश्न उठेपनि उमेद्वारी बन्नबाट भने नरोक्ने बताइएको छ ।